यस्तो छ उपप्रधानमन्त्रीको वरीयता, लिङ्देनभन्दा अघि रवि

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा चारजना उपप्रधानमन्त्री बनेका छन् । विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका हुन् ।

चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै शपथ लिनुभएको थियो भने लिङ्देनले मंगलबार शपथ लिए । मन्त्रिपरिषद्को वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका विष्णु पौडेल दोस्रो स्थानमा छन् ।

भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा हुँदा गृहमन्त्री रवि लामिछाने चौथो तथा ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन पाँचौँ वरीयतामा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस