युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकारले विवादास्पद अभिव्यक्ति दिएपछि राजीनामा दिएका छन्।

सल्लाहकार ओलेक्सी अरेस्टोभिचले डिनिप्रोको एउटा भवनमा खसालेको रुसी क्षेप्यास्त्रलाई किभले खसालेको भन्दै ४४ जनाको मृत्यु भएको सुझाव दिएपछि राजीनामा दिन बाध्य भएका हुन्।

उनले पछि माफी मागे र आफूले गल्ति गरेको समेत बताए। तर उनको टिप्पणीले देशमा व्यापक विरोध भएपछि उनले पदबाट राजीनामा दिन बाध्य भएका हुन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अरेस्टोभिचको राजीनामाको निर्णयबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। ​रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको बताइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतमा प्रहरीले गरे मन्त्रीको गोली हानी हत्या

एजेन्सी । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । …

प्रतिकृया दिनुहॊस