टिभिएसलाई उत्कृष्ट फिचर र कम्प्युटर अवार्ड

काठमाडौं । हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्प्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ । गत वर्ष पनि रेडरले टेकलेखका साथमा अन्य धेरै अवार्ड पाएको थियो जस्तै, आइएमओटिवाई-२०२२ र अटो कार ।

टेकलेखका अनुसार रेडरमा भएका सुधारका आधारमा यस वर्ष पनि रेडरले अवार्ड प्राप्त गर्न सफल भएको हो । रेडरको किफायती मूल्य, स्टाइल र अप्डेटेड फिचरका कारण उक्त बाइकले अवार्ड पाएको छ । टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोशक सस्पेन्सन, युएसबी चार्जिङ, अण्डर सिट स्टोरेज र फराकिलो टायरलगायतका विशेषता रहेका छन् । साथै आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डिआरएल तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्स अझ आकर्षक बनाएको छ ।

एयर आयल कुल्ड एसआई कार्बेरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएका बाइकले सात हजार पाँच सय आरपिएममा १२.९ पिएस शक्ति उत्पादन गर्ने र छ हजार आरपिएममा ११.५ एनएम अधिकतम् टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । अपाचेले निरन्तर सुधार गरेको फिचरको गुणस्तरका लागि अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ । नेपालस्थित जगदम्बा मोटर्स प्रालि टिभिएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक बिक्रेता हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस