मधेश प्रदेशमा सिटिजन्सका थप दुई शाखा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १८१औँ र १८२औँ शाखा मधेश प्रदेशअन्तर्गत सर्लाहीको बरहथवामा र वीरगञ्जको कृष्ण प्रणामी चोक गरी थप दुई ठाउँमा विस्तार गरेको छ । पछिल्ला शाखासँगै मधेश प्रदेशका सबै जिल्लामा शाखा संख्या २९ पुगेको बैंकले जनाएको छ ।

सुविधासम्पन्न शाखामार्फत् ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले लिएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस