कामिनी राजभण्डारी, प्रबन्ध निर्देशक, नेपाल टेलिकम

कामिनी राजभण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कार्यरत छिन् । यसअघि उनी टेलिकममा प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन् । कामिनी राजभण्डारी जिएसएम नेटवर्कको विशेष दक्ष मानिन्छिन् । उनीले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक वीई र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१(ःMBA -Management of Technology) मा अध्ययन गरेकी छिन् ।

यस्तै त्रिशुली थ्रिबि जलविद्युत्त आयोजनाको सञ्चालक सदस्य हुनुको साथै अपर तामाकोशी जलविद्युत्त आयोजनाको बैकल्पिक सञ्चालक सदस्य पनि हुन् । उनीसँग फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको लामो अनुभव छ । योजना, परियोजना सञ्चालन, मर्मत सम्भार, स्पेसिफिकेसन तयारी, अनुगमन तथा मूल्यांकन जस्ता क्षेत्रमा विशेष दख्खल राख्छिन् । नेपाल इञ्जिनियर्स एसोसिएसनले उनीलाई ‘आउटस्ट्यान्डिङ वुमन इञ्जिनियर अफ द इयर’ बाट सम्मानित गरेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय

सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाैँ सर्जकहरू ताराझैँ उदाउँछन् र कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलीन भएझैँ विलीन हुन्छन् त कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त ।

प्रतिकृया दिनुहॊस