रवीना देशराज श्रेष्ठ, नायब महाप्रबन्धक, मेगा बैंक नेपाल

रवीना देशराज श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी नायब महाप्रबन्धकरुपमा कार्यरत छिन् । भारतको कलकत्तास्थित मदर टेरेसाज् होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् । उनले बैंकिङ तथा सामाजिक क्षेत्रमा थुप्रै पुरस्कार तथा सम्मान पाइसकेकी छिन् ।

श्रेष्ठले मलेसियाबाट प्रदान गरिने एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ पनि जितेकी थिइन् । एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । देशको आर्थिक विकास, मानवीयता तथा सामाजिक कार्यमा विशेष योगदान दिएका कारण श्रेष्ठलाई छनौट गरिएको फेडेरेशनले जनाएको थियो । अमेरिकाको एक विश्वविद्यालयबाट केही वर्षअघि ‘क्वालिफाइड हिलर’ को प्रमाणपत्र पाउने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । विश्वका ६ हजार बढी महिलालाई उछिन्दै अन्तराष्र्टि«य ’गोल्डेन फिनिक्स अवार्ड र लेडी अफ एक्सिलेन्स अवार्ड’ बाट सम्मानित रवीना प्रभावशाली नेपाली महिलाका रूपमा चिनिन्छिन्

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय

सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाैँ सर्जकहरू ताराझैँ उदाउँछन् र कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलीन भएझैँ विलीन हुन्छन् त कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त ।

प्रतिकृया दिनुहॊस