सन्दीपको मुद्दा ‘हेर्न नभ्याइएको’ सूचीमा

काठमाडौँ । एकजना नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतमा दिएको पुनरावेदनको मुद्दामा आज (बिहीबार) सुनवाई हुन सकेन ।

पाटन उच्च अदालतका न्यायाधीश द्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सन्दीपको मुद्दा पाँचौँ नम्बरमा रहेको थियो ।
तर सन्दीपको मुद्दा आज ‘हेर्न नभ्याइएको’ सूचीमा राखिएको छ ।

काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशका विरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत गौशालामा एक नाबालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस