यस्ता छन् चिसो मौसममा सुन्तला खानुका फाइदा

काठमाडौं । सुन्तलाको नाम लिने वित्तिकै तपाईको मुख रसाउँछ होला । अहिले सुन्तला खाने सिजन पनि हो । जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ।

सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ।

सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ। सुन्तलामा क्यारोटेनोइड्स, फाइबर प्रशस्त मात्रामा पाइन्छ।

यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ। सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ। यिनले मुटुको गतिविधिलाई सुचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ। पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ। सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउन सक्छ। सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्। यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन्।

चिसो मौसममा सुन्तला खाँदाका फाइदाहरु

– तौल घटाउनमा प्रभावकारी
सुन्तलामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले तौल घटाउनुका साथै पाचन क्रियालाई पनि बलियो बनाउँछ। घुलनशील फाइबरले पेट लामो समयसम्म भरिपूर्ण राख्छ। र धेरै खाने बानीलाई पनि रोक्छ। जसका कारण शरीरमा क्यालोरीको मात्रा कम रहन्छ। सुन्तलाको जुसभन्दा फल नै खानु फाइदाजनक हुन्छ।

– क्यान्सरको जोखिम घटाउँछ
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

– मिर्गौला स्वस्थ राख्छ
सुन्तला खाइरहने गर्नले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

– कलेजो जोगाउँछ
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

– कोलेस्टरोल घटाउँछ
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

– मुटु बलियो बनाउँछ
सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

– भाइरल इन्फेक्सन हटाउँछ
सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

– कब्जियत खुलाउँछ
कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

– आँखा तेजिलो बनाउँछ
सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

– रक्तचाप नियन्त्रण गर्छ
सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

– छालाको सुरक्षा गर्छ
सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

सुन्तला सेवनका बेफाइदाः

– हाडजोर्नी सम्बन्धी समस्या
सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । यसले चिसोमा रुघाखोकीबाट बचाउँछ । तर यसमा भारी मात्रामा हुने भिटामिन सीले शरीरमा क्याल्शियमलाई असर पुर्याउँछ । जसले हाडजोर्नी सम्बन्धी समस्याहरु पैदा गर्न सक्छ ।

– रगतमा चिनीको मात्रा बढ्छ
बिहान खाली पेटमा सुन्तलाको जुस पिउँदा रगतमा चिनीको मात्रा बढ्छ ।

– पेटसम्बन्धी समस्या
भिटामिन सीबाहेक सुन्तलामा फाइबर भारी मात्रामा हुन्छ । धेरै फाइबर खाँदा पेटमा समस्या आउँछ ।

– एसिड रिफ्लेक्सको चिन्ता
खाली पेटमा सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तला खाँदा एसिड बढ्ने र दिनभर ग्यास, छात्ती पोल्ने, मुड खराब हुने, डकार आउने समस्या आउँछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस