प्रभु बैंकको ८ प्रतिशत लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत

काठमाडाैं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

प्रभु बैंकको सञ्चालक समितिको गत मंसिर १ गते बसेको बैठकले आर्थिक वर्ष २०७८–७९का लागि हाल कायम चुक्तापुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँको कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।

जसमा ६.५ प्रतिशतले हुन आउने ८२ करोड ६० लाख ६५ हजार ७७१.३८ रुपैयाँबराबरको बोसन सेयर र १.५ प्रतिशतले हुन आउने १९ करोड ६ लाख ३० हजार ५६२.६३ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित) छन्।

प्रस्तावित लाभांश प्रभु बैंकले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। राष्ट्र बैंकले हिजो (सोमबार) प्रभु बैंकको लाभांश स्वीकृत गरेको हो। अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट लाभांश पारित गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।

facebook sharing button
twitter sharing button

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस