दुई बिगाहा खेतको धानमा अज्ञात समूहले लगाइदियो आगो, लाखौँको क्षति

काठमाडाैँ । रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिकास्थित दुई बिगाहा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले आगो लगाई दिएको छ । अवकाश प्राप्त सई रामानन्द यादवको खेतको धान काटेर दाइँ गर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा गए राति १२ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट धान पूर्णरुपमा जलेको छ । सो घटनामा एक लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताएका छन् । घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा कसैले राजनीतिक पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पूर्व सई यादवको अनुमान रहेको छ ।

दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ । घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा …

प्रतिकृया दिनुहॊस