अमेरिका विश्वकपको नकआउट चरणमा पुग्यो

काठमाडाैँ । इरानलाई निराश बनाउँदै अमेरिका विश्वकपकाे नकआउटमा पुगेकाे छ । निर्णायक खेलमा अमेरिकाले १-० ले पराजित गर्दै इरानलाई घर फर्कायाे ।

बराबर गरे पनि अघि बढ्नसक्ने इरानले गरेका प्रयास सफल हुन सकेन । मंगलबार मध्यराति भएको खेलमा इरानलाई १–० गोल अन्तरले पराजित गर्दा समूह बीमा रहेको अमेरिकाले तीन खेलबाट ५ अंक हात पारेको हो ।

अमेरिका अपराजित रहँदै नकआउटमा पुग्याे अब अन्तिम १६ मा समूह ए काे विजेता नेदरल्यान्ड्स सँग प्रतिस्पर्धा गर्ने छ । समूह बी बाट इङ्ल्याण्ड विजेता बन्याे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस