अन्तिमतिर पुग्यो समानुपातिकको गणना, कुन दलले कति मत पाए ? (सूचीसहित)

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष तथा समानुपातिकतर्फको मंगलबार सवा १ बजेसम्मको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । समानुपातिकतर्फ भने नेकपा एमालेको अग्रता कायम छ ।

समानुपातिकतर्फ ९७ लाख २२ हजार ९५२ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख २२ हजार १४७ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । उसको पक्षमा २४ लाख ७९ हजार ५१ मत खसेको छ । कांग्रेसभन्दा एमाले एक लाख ४३ हजार ९६ मतले अगाडि रहेको छ । तेस्रो स्थानमन नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख २२ हजार ९७४ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८२ हजार ७३९ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५६ १०३ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस