लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता

काठमाडाैं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।

समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरे ।

सो अवसरमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए । अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।

अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । यस कम्पनीले शौर्य ऊर्जासँगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार ७८२ युनिट स्वच्छ विद्युत उत्पादन गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टेलिकमले माग्यो १२९ कर्मचारी, कुन पदका लागि कति जना ? (सूचनासहित)

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले विभिन्न प्राविधिक …

प्रतिकृया दिनुहॊस