तेह्रथुममा मोटरसाइकल दुर्घटना : एकको मुत्यु

काठमाडाैं । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिए ।

सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो ।

म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा बाइक र बोलेरो जुधे, बाइकमा सवार तीन युवाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान …

प्रतिकृया दिनुहॊस