तेह्रथुममा कांग्रेसकी सीता गुरुङ विजयी, एमालेका विजय सुब्बा पराजित

काठमाडाैँ । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई एक हजार ७९ मतान्तर पराजित गर्दै सीता गुरुङ निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगको मत परिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मत रहेको छ । त्यसैगरी सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् ।

गुरुङ गत २०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् । सुब्बा २०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका थिए । जिल्लाबाट तेस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका सुब्बा यस पटक भने पराजित भए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस