साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामिण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी ब्यक्तीहरुलाई प्राथमिकतामा राखि घरघरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशिलता विकासमा योगदान दिँदै आएको छ ।

यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने, आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका ब्यक्तिहरुलाई कफी ब्यवसाय सम्बन्धी तालिम दिई ब्यवसायी बनाउँदै आएको कठमाण्डौ पुतलिसडकमा अबस्थित कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंकबीच एक कार्यक्रम माझ कफी ब्यवसाय संचालन गर्न चाहने ब्यक्तिहरुलाई ब्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कफी सोलुसन प्रालिले कफी सम्बन्धी ब्यवसाय संचालन गर्न ईच्छुक ब्यक्तिहरुलाई छनौट गरी आवश्यक तालिमहरु दिई सक्षम बनाई सःशुल्क कफी मेसिन उपलब्द्य गराउने छ भने कफी मेसिनको लागतको ५० प्रतिशत सम्मको लागत बराबरको रकम ब्यवसायीलाई विना धितो ऋण स्वरुप बैंकले उपलब्ध गराउनेछ । ऋण लिएर ब्यवसाय सुरु गरि त्यही ब्यवसायबाट आर्जन गरेको रकमले ब्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने ब्यवस्था गरेको छ ।

यो कार्यबाट साना वर्गका ब्यवसायीहरुको दैनिक जिविकोपार्जन हुनुको साथै स्वरोजगार श्रृजनामा सहयोग पुग्ने र भविष्यमा ठूला ब्यवसायीको रुपमा रुपान्तरित भई उद्यमशिलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले लिए । यस्तै कफी सोलुसन प्रालिका निर्देशक हरी रायमाझीले मुक्तिनाथ विकास बैंकले न्यून आय भएका वर्गका ब्यक्तिहरुलाई प्राथमिकता दिई आय आर्जन वृद्धि गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेलेकोप्रति खुशी ब्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस