गठबन्धनले एमालेलाई बलजफ्ती हरायो : ओली

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रको दुरुपयोग गरी बुथ कब्जा गर्ने प्रवृत्ति मौलाएको आरोप लगाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै विजय जुलुस मनाउन बिहीबार गृह जिल्ला पुगेका एमाले अध्यक्ष ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।

‘मतदानका क्रममा हेलिकोप्टरबाट गुण्डा ओसारेर आतंक मच्चाउने, तरबार लिएर गेटमा बस्ने कुरा चिन्ताको विषय बनेको छ,’ ओलीले भने, ‘सत्ता प्रायोजित गुण्डागर्दी, बुथ क्याप्चर, हिंसा जस्ता घटना अशोभनीय मात्र होइन, दुःखद र निन्दनीय पनि हो ।’ लोकतन्त्रका निम्ति यी कुराहरू निक्कै चुनौतीपूर्ण भएको उनले बताए । ‘अभिमतले के परिणाम दियो त्यो आफ्नो ठाउँमा छ । जसलाई बलजफ्ती हराइएको छ वा हराउन खोजिएको छ । ‘त्यसप्रति मेरो असहमति छ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको प्रसङ्गमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘यो कुनै ठूलो कुरा होइन, त्यो मामुली कुरा हो ।’ ‘धेरै उदय भयो भनेर जस्तो प्रचारप्रसार ग¥यो, वास्तवमा त्यो मिडियाको कृपा हो,’ उनले थपे ।

यता भारी मतान्तरसहित विजयी बनेका ओली निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्न, मतदातालाई धन्यवाद दिन र विजय जुलुसमा सहभागी हुन दमकतर्फ प्रस्थान भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस