अमेरिकामा ६ सहकर्मीको हत्या गरी म्यानेजरले गरे आत्महत्या

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यमा प्रसिद्ध वालमार्ट स्टोरका म्यानेजरले गोली आफ्ना ६ जना सहकर्मीको हत्या गरेका छन् । घटनामा ६ जना नै घाइते भएका छन् भने आक्रमण गर्ने म्यानेजरले पनि आत्महत्या गरेका छन् ।

एन्ड्रे बिङ नाम गरेका ३१ वर्षीय म्यानेजरले वालमार्टको अत्यन्तै ब्यस्त मध्येको चेसापिक शाखाको स्टाफ रुममा सहकर्मीहरुमाथि गोली हानेको प्रहरीले बताएको छ । सहकर्मीहरुमाथि गोली प्रहार गरेलगत्तै उनले उच्च तहका सहकर्मीहरुलाई स्टोर कोठामा डाकेर र उनीहरुकै अगाडि ह्याण्डगनले आफूलाई गोली हानेका थिए ।

वालमार्टले आक्रमणकारी म्यानेजर सन् २०१० देखि वालमार्टमा रहेको र उनी विशेष गरी उनी रात्रीकालिन जिम्मेवारीमाा रहने गरको बताएको छ । साथै पीडित परिवारहरुका लागि सक्दो सहयोग गर्ने बचन पनि वालमार्टले दिएको छ ।

६ जना घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको र एक जनाको स्थिर रहेको वालमार्टले जनाएको छ । अरु तीन जना भने सामान्य घाइते रहेका छन् । मंगलबार राति उक्त घटना भएको बेला स्टोरमा ५० जना मानिस रहेको जानकारी प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी दिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को त्रासदीपूर्ण घटना भन्दै बन्दुक प्रतिबन्ध लगाउने कानुनहरु प्रयाप्त नभएको पुष्टि भएको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस