अन्तिममा मतपरिणाम उल्ट्याएर मकवानपुरमा विजयी बने राप्रपाका सिंह

काठमाडाैं । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई दुई हजार ३८२ मतान्तरले पछि पार्दै सिंहले जित निकालेका हुन् ।

राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका सिंहले कुल खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सहमहामन्त्री डीनाले २५ हजार ४३४ मत प्राप्त गरिन् । यसैगरी, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा तेस्रो भएका छन् । उनले २५ हजार ४२० मत ल्याए ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका राप्रपा नेता दीपकबहादुर सिंहले प्रतिनिधि सभाको मतगणनाको अन्तिम समयमा झन् ठूलो सनसनी सिर्जना गरेर जित निकालेका छन् । स्थानीय तह निर्वाचनका बेला तेस्रो स्थानमा रहे पनि हेटौँडा उपमहानगरपालिकाको मेयरमा सुरुदेखि नै सिंहले प्राप्त गरेको प्रतिस्पर्धात्मक मतका कारण सनसनी नै मच्चिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस