कञ्चनपुर-३ बाट जीतमा ‘ह्याट्रिक गर्दै लेखक चौंथोपल्ट सांसद निर्वाचित

काठमाडाैं । प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । उनको यो तेस्रो जित हो ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गरे । एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् । ९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो । जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ हजार ७५ मतान्तरले लेखकले जित निकालेका हुन् ।

यो संगै लेखक चोथो पटक संसदको ढोका खोल्न सफल भएका छन् । लेखकले यसअघि कञ्चनपुरमा प्रत्यक्षतर्फ तीन वटा संसदीय चुनाव लडिसकेका छन् । पहिलो पटक ०५६ सालको चुनावमा साविकको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका लेखक विजयी भए । त्यस बेला उनले राप्रपाका इन्द्रबहादुर खत्रीलाई पराजित गर्दै संसद् यात्रा तय गरेका थिए ।

०६४ को पहिलो संविधान सभा चुनावमा उनले प्रत्यक्ष चुनाव लड्न पाएनन् । साविक कञ्चनपुर क्षेत्र नं. ४ र डडेल्धुरामा प्रधानमन्त्री देउवा चुनाव लडे । दुवै क्षेत्र जिते पछि देउवाले कञ्चनपुर ४ छोडेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस