जर्मनीमाथि जापानको शानदार जित

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत जापानले जर्मनीमाथि शानदार जित निकालेको छ । बुधबार सम्पन्न खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा रिटसु डोआन र टाकुमा असानोले एक एक गोल गरेका थिए । खेलको ३३औ मिनेटमा जर्मनीका इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएको भएपनि जापानले दोस्रो हाफको अन्तिम समयमा खेलमा पुनरागमन गर्दै २ गोल गरेको थियो ।

एशियामा आयोजित यस विश्वकपमा एशियाली टिमले राम्रो प्रदर्शनको शुरुवात गरेका छन् । यस अघि समूह सी को खेलमा साउदी अरेबियाले उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि समूह ई मा जापानले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस