मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

काठमाडौं । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको सुरुवाति खेल मोरोक्कोसँग बराबरी खेलेको छ ।

खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरोक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन् । खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै क्रोएसियाले जित्नका लागि संघर्ष गरेको थियो । तर पनि गोल गर्न सकेन ।

३५ प्रतिसत समय मात्र बलमा नियन्त्रण लिए पनि मोरोक्कोले राम्रा अवसर सिर्जना गरे पनि गोल हुन सकेन । समूह ‘एफ’ अन्तर्गत आजै राति बेल्जियम र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । आजै राति समूह ‘ई’का पनि दुई खेल हुँदैछन् । समूह ‘ई’ को जर्मनी राति पौने सात बजे जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस