अर्जेन्टिना पहिलो खेलमै साउदीसँग पराजित

काठमाडौं । उपाधि दावेदार मानिएको दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको छ । लुसेल रंगशालामा मंगलबार अग्रता जोगाउन नसक्दा अर्जेन्टिना २-१ को अप्रत्याशित हार बेहोर्न पुगेको हो ।

पहिलो हाफमा १-० ले पछि परेको साउदीले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफमा अर्जेन्टिनाले लगातार आक्रमण गरेपनि पेनाल्टी गोल मात्र सम्भव हुन सक्यो ।दोस्रो हाफको सुरुवाती समयमा नै साउदी खेलमा फर्कियो । ४८ औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए ।

बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारी साउदीलाई अप्रत्याशित अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोल भएको थियो । गोलरक्षक एमिलियानो मार्टिनेजले उक्त प्रहार छोएपनि गोल बचाउन भने सकेनन् ।

यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस