कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो आयोजक

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । अल बेयत रंगशालामा आयोजक कतार २-० ले पराजित हुन पुग्यो ।

कतार यस नतिजासँगै विश्वकपको उद्घाटन खेलमा हार बेहोर्ने पहिलो आयोजक टोली पनि बन्यो । २२ संस्करण आइपुग्दा विश्वकपमा आयोजक टोलीले पहिलो खेल हारेका थिएनन् ।

एनर भ्यालेन्सियाले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेपनि गोल अफसाइड रहेको थियो । तर भ्यालेन्सियाले १७ अ‍ौं मिनेटमा भने अग्रता दिलाए । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरे ।

खेलको ३१ अ‍ौं मिनेटमा भ्यालेन्सियाले अग्रता दोब्बर पारे । एन्जेलो प्रेसियाडोको क्रसमा उनले गरेको प्रहार गोलरक्षक अलसिबले बचाउन सकेनन् । इन्ज्युरी समयमा कतारले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । कप्तान अल हेडोसको क्रसमा अल्मोएज अलीले फ्रि हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

दोस्रो हाफमा कतारले सुधारिएको प्रदर्शन गरेपनि गोलको अवसर सिर्जना गर्न सकेन । बल पोसेसन राख्दै इक्वेडरलाई दबाबमा राख्ने प्रयास गरेपनि फेलिक्स सान्चेजको टिमले डिफेन्स चिर्न सकेन ।

७९ अ‍ौं मिनेटमा इक्वेडरले अग्रता बढाउने अवसर गुमायो । वैकल्पिक खेलाडी जेरेमी सारिमेन्तोले गरेको प्रहार आकाशिएको थियो । यस सँगै इक्वेडरले समूहमा ३ अंक जोडेको छ । अब समूह ए अन्तर्गत सोमबार सेनेगल र नेदरल्यान्ड्सबिच खेल हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस