तपाईँहरू पढ्न आउनुहोस्, मोडर्न कन्या कलेज भविष्य दिन्छ : डा. रामप्रसाद दाहाल

प्राडा. रामप्रसाद दाहाल शिक्षा साहित्य र बैंकिङ्ग क्षेत्रको परिचित नाम हो । उहाँले शिक्षाको क्षेत्रमा गरेको योगदान विशिष्ट छ । उहाँले पढाएका कतिपय विद्यार्थीहरू मन्त्री सचिव राजदूत भइसकेका छन् । शिक्षा र साहित्य सम्बन्धी १७ वटा पुस्तक प्रकाशित छन् । उहाँ हाल पनि त्यतिकै सक्रिय र क्रियाशील हुनुहुन्छ । भनाइमा स्पष्टता र बौद्धिक प्रखरता उहाँमा भेटिने गुणहरू हुन । हाल उहाँ विभिन्न संघ संस्थासँग बद्ध हुनुहुन्छ । भीमसेनगोला बानेश्वरमा रहेको महिला कलेज मोडर्न कन्या कलेजको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँसँग पत्रकार रोजी पराजुलीले शिक्षा र मोडर्न कन्या कलेज सम्बन्धमा गरेको कुराकानीको सारसंक्षेप :-

यहाँले शिक्षा क्षेत्रमा काम गरेको कति वर्ष भयो ?
विगत ४५ वर्षदेखि (२०३५ साल देखि )निरन्तर रूपमा उच्च शिक्षा र महिला शिक्षाको विकासमा लागि काम गरिरहेको छु ।

किन के प्रेरणाले महिला शिक्षा तर्फ यहाँको झुकाव बढी रह्यो ?
मैले महात्मा गान्धीले भनेको पढेको थिए ‘एक महिला शिक्षित हुनु भनेको एक घर परिवार शिक्षित हुनु हो’ यो वाक्य अत्यन्त महत्त्वपूर्ण लाग्यो । त्यसैलेपनि मलाई प्रभाव पार्‍यो र यस क्षेत्रमा लागे ।

के तपाईँले सोचे जस्तो महिला शिक्षाको विकास भएको छ त ?
प्रयास त भएको छ तर जे जति रूपमा (७७ वटै जिल्लामा) महिलाको विद्यालय र विश्वविद्यालयको पहुँच र बिस्तार हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।

यहाँले स्थापना गरेको मोडर्न कन्या कलेज भीमसेन गोला बानेश्वर के कस्तो कलेज हो ?
यो कलेज कम आय आर्जन गर्ने परिवारकादेखि उच्च घरानीयाका सन्तानलाई उच्चस्तरको शिक्षा दिने कलेज हो । शिक्षा झिलिमिली सिस महलमा भर्ना भएर पढ्दैमा, पैसा धेरै खर्च गर्दैमा राम्रो शिक्षा प्राप्त गर्न सकिने होइन । हामी जम्मा एक वर्ष भरी पढेको रु २० हजार मात्र लिन्छौ तर उत्कृष्ट शिक्षा दिन्छौ । जुन कुरा कलेजले प्रमाणित गरेर देखाइ सकेको छ । त्यसैले यहाँ पढ्ने सबै छात्राको एकै स्वर छ -‘हाम्रो कलेज राम्रो कलेज मोडर्न कन्या कलेज ।’

यस मोडर्न कन्या कलेजमा कुन कुन सङ्काय र विषय पढाइ हुन्छ त ?
मूल त यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । यसमा मानविकी / व्यवस्थापन(BA/BBS) विषयका सबै पाठ्यक्रम पढाई हुन्छ । हामीले मानविकी तर्फ विशेष गरी पत्रकारिता, समाजशास्त्र, अङ्ग्रेजी, ग्रामीण अर्थशास्त्र जस्तो विषयलाई विशेष जोड दिएर पढाइ रहेका छौँ ।

अन्य कलेजको तुलनामा यस कलेजको छुट्टै पहिचान के छ ?
हामी झुट्टा आश्वासन बाँड्दैनौ । जे भन्छौँ त्यही गर्छौँ । जे छ त्यही देखाउँछौँ । व्यापारीकरण गर्दैनौ शिक्षालाई । हाम्रो प्रयास यहाँ भर्ना भएका विद्यार्थी सबल सक्षम बनाउने र रोजगारी प्राप्त गर्ने खालको बनाउँछौँ ।

के पैसा नभएर भर्ना नपाएका विद्यार्थीहरूले साँच्चिकै यहाँ पढ्न पाउँछन् त ?
प्रतिबद्धताका साथ भन्छु पढ्न पाउँछन् । यसमा शङ्का नगरे हुन्छ ।

कलेजको पढाई सम्बन्धी प्रतिबद्धता कस्तो छ ?
महिला शिक्षाको विकासमा पहुँच र बिस्तार, गुणस्तरयुक्त उत्पादन हाम्रो प्रतिबद्धता, असल सक्षम पुस्ता निर्माण हाम्रो अभियानको रूपमा रहेको छ । जुन कुरामा हामीले प्रमाणित गरेर देखाइ सकेका छौँ ।

यहाँ प्लस टू’का कुन कुन विषय पढ्न पाइन्छ ?
मानविकी र व्यवस्थापन विषयका पाठ्यक्रमले तोकेका सबै विषय पढ्न पाइन्छ ।

यो कलेज सञ्चालन गरेको कति वर्ष भयो ?
६ वर्षदेखि निरन्तर सञ्चालन भई रहेको छ ।

अन्त्यमा यहाँको केही भन्नू छ कि ?
सम्पन्न र समुन्नत समाज निर्माण गर्न शिक्षा जरुरी हुन्छ । महिलालाई झन् शिक्षा जरुरी हुन्छ । त्यसैले यो वा त्यो कारण वा बहानामा महिलाले पढ्न छोड्नु हुँदैन । पढ्न म सबै महिलालाई अनुरोध र आह्वान गर्छु । उमेर जति सुकै भए पनि पढ्नुपर्छ । अहिले भर्ना खुलिरहेको छ आउनुहोस् यस कलेजमा भर्ना हुनुहोस् । हामी तपाईँको भविष्य दिन्छौँ, साथै जागिर रोजगारीको ग्यारेन्टी गर्छौँ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस