‘नो नट अगेन’ नागरिकको विचार प्रकट गर्ने माध्यम हो, यसलाई नरोक्नु : सर्वोच्च

काठमाडौं – सर्वोच्च अदालतले ‘नो नट अगेन’ नागरिकको विचार प्रकट गर्ने माध्यम भएकाले यसलाई नरोक्न आदेश दिएको छ । लगायतका अभियानलाई नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्ने माध्यम भन्दै प्रचलित कानूनको उल्लंघन नहुँदासम्म यस्ता अभियानविरुद्ध कदम नचाल्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले निर्वाचन आयोगबाट ८ कात्तिक २०७९ मा नो नट अगेन विरुद्ध जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्नु, नगराउनु भन्दै यस्तो आदेश दिएको हो । बिहीबार जारी भएर शुक्रबार सार्वजनिक भएको तीन पेज लामो अन्तरिम आदेशमा निर्वाचन आयोगलाई नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न भनिएको छ ।

‘नो नट अगेन जस्ता विचार र अभिव्यक्ति स्वतन्त्रता र प्रभावकारी मतदानको अधिकारको लागि महत्वपूर्ण शर्त हो’ न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशमा भनिएको छ, ‘निर्वाचनमा व्यक्तिको सुसूचित भई राजनीतिक अधिकार प्रयोग गर्न अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्दै प्रभावकारी मतदाताको सुनिश्चित गर्दै लोकतन्त्रको संरक्षणको सुविधा र सन्तुलनको दृष्टिले निर्वाचन आयोगको ८ कात्तिक २०७९ को प्रेस विज्ञप्ति अनुसार कारबाही नगर्नु नगराउनु ।’

लोकतन्त्रको स्थापनापछि पटकपटक निर्वाचित भएका र जनताको हितमा काम नगरेका जनप्रतिनिधि र उम्मेदवार विरुद्ध केही युवाहरुले ‘नो नट अगेन’को नाममा अभियान सुरु गरेका थिए । दलका नेता र उम्मेदवारको फोटो सहित नाम नै तोकेर यिनीहरुलाई मत नदिने भनी अभियान चलेपछि निर्वाचन आयोगले त्यस्तो ग्रुप तथा पेज बन्द गर्न निर्देशन दिएको थियो । आयोगले त्यस्तो ग्रुप सञ्चालकहरुमाथि विद्युतीय कारोवार ऐन र निर्वाचन कसूर तथा सजाय ऐन अनुसार कारबाहीको चेतावनी दिएको थियो ।

केही दिनपछि नै निर्वाचन आयोगले आफ्नो सूचना सच्याए पनि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन आयोगको सूचनाले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरे । प्रारम्भिक रुपमा अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले बिहीबार संयुक्त इजलासबाट त्यसलाई निरन्तरता दिएको हो । उक्त आदेशमा निर्वाचनको क्रममा नागरिकले व्यक्त गर्न पाउने विचार तथा अभिव्यक्तिलाई सम्मान गर्न भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस