पूर्वमा भेटिएका अनौठो मान्छे फिल्म खेल्दै, जिब्रोले निधार सजिलै छुने ( हेर्नुहोस् अनौठो भिडियो )

उर्लाबारी । मोरङ उर्लाबारी– ५ झुम्राका यज्ञबहादुर कटुवाल‘इकु’ले फिल्म खेल्ने भएका छन् । पूर्वबाट निर्मित फिल्ममार्फत उनले अभियन गर्ने भएका हुन् ।

उनले फिल्मका बारेमा केही नखुलाएपनि शनिबार फिल्म सुटिङ हुने जनाइएको छ । आफुभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर अब पूरा हुन लागेको बताएका छन् ।

उनमा अदभूत कला प्रस्तुत गरेका छन् । उनले जिब्रोलाई निधारसम्म पुर्याएर सबैलाई अचम्मित बनाएका हुन् । सामान्य त मानिस जिब्रोलाई नाकको डाडोसम्म पुर्याउनु नै मुस्किल पर्दछ तर यी युवाले भने निधारसम्म पुर्याएर सबैलाई चकित बनाएका हुन् । उनको नाकको डाडो सामन्य मानिसको भन्दा भिन्न रहेको छ ।

एकदमै सानो उनको नाकबाट किराहरु निस्केको उनले बताए । सानैदेखि नाक सानो नै रहेको भएपनी केही समस्या नभएको त तर केही समय यता भने किरा
निस्कन थालेको यज्ञबहादुरले बताए । आर्थिक अवस्था नाजुक भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएका छन्, पुरा भने नभएको उनले बताएका छन् ।

उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दातको नाममा एउटा मात्र रहेको छन् । उनले आफ्नो जस्तो प्रतिभा विश्वमा नभएको भन्दै गिनिज बुकमा नाम लेखाउन सहयोग गर्न सरोकारवाला पक्षलाई अनुरोध गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस