एनसेलका विजेतालाई पुरस्कार प्रदान

काठमाडौ। एनसेल प्रालिले चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पहिलो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एन्ड विन’ १० हप्ता सम्ममा सञ्चालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत छानिएकाे कम्पनीले वताएकाे छ ।

१० भाग्यशाली विजेता ग्राहकमध्ये दुई जनाले बिहीबार जनही नगद एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेताले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले सोही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो हप्ताका थप पाँच विजेताको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिनेछ ।

एनसेलका सेक्युरिटी तथा जेनरल सर्भिसेज् निर्देशक महेन्द्रकुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई विजयी झापाका जाकिर हुसेन र नुवाकोटका हरि श्रेष्ठलाई बिहीबार जनही एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् । ‘रिचार्ज एन्ड विन’ अफर भदौ १७ गतेबाट सञ्चालनमा रहेको छ । यस योजनामा साताभर सय वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने जानकारी दिर्इएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस