डेंगुबाट कसरी बच्ने ?

हिजोआज डेंगु रोगको प्रकोप बढिरहेको छ । देशका प्रायजसो सबै जिल्लाहरुमा यसको प्रकोप देखिईसकेकोे छ । यो एडिस लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने समस्या देखापर्ने गर्छ । डेंगु भएपछि शरीरको प्लेटलेट्स द्रुत गतिमा घट्ने गर्छ । यसमा बिरामीलाई तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्छ । समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जान सक्छ । डेंगुको लक्षण पहिचान गरेर मात्रै यसको उपचार गर्न सकिन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार डेंगु संक्रमण विश्वका १०० भन्दा बढी देशहरूमा देखापर्ने गर्छ ।

डेंगुका लक्षणहरु
— उच्च ज्वरो
— टाउको दुख्ने
— आँखा दुख्ने
— मांसपेशी र जोर्नी दुख्ने
— थकाई लाग्ने
— वाकवाकी लाग्ने वा वान्ता हुने
— छालामा रातो दागहरु देखा पर्ने

गम्भीर अवस्थाहरूमा म्ज्ँ (डेंगु हेमोरेजिक ज्वरो) को जोखिम बढ्ने गर्दछ । यो डेंगुको डरलाग्दो अवस्था हो । रक्तनलीमा क्षति पुग्ने र शरिरबाट प्लेटलेट्स कम हुँदै जान्छ । यस्तो अवस्थामा निम्न लक्षणहरू देखा पर्छन् ।

—पेट दुख्ने
—वान्ता आउने
— गिजा वा नाकबाट रगत बग्ने
— सास फेर्न गाह्रो हुने
— थकित महसुस हुने
— चिडचिडापन हुने

डेंगु ज्वरोको उपचार कसरी गर्ने ?
डेंगुको कुनै खास औषधि वा सही उपचार नै छैन । यसमा केही घरेलु उपचार निकै प्रभावकारी हुन सक्छन् । संक्रमण भएमा बढीभन्दा बढी पानी पिउनुपर्छ । अत्यन्तै गम्भीर अवस्थामा रोगीलाई इलेक्ट्रोलाइट सप्लीमेन्ट दिनुपर्छ । डेंगु भएको बेला कहिले पनि आफै एस्पिरिन वा इबुप्रोफेन जस्ता औषधिहरू खानु हुँदैन ।
डेंगु ज्वरोको रोकथाम
—बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्नुपर्छ ।
—पूरै शरिर ढाक्ने लुगा लगाउनुपर्छ ।
—साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्नुपर्छ ।
—पानी जम्मा गरेर राख्नुहुँदैन ।
—घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्नुपर्छ ।
यो रोगको उपचार भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै हो । पूरै शरीर ढाक्ने कपडा लगाएर मात्रै घरबाहिर निस्किए जोखिमबाट बच्न सकिन्छ । यदि रोग लागिहाले समयमैं डाक्टरको सल्लाह लिनुपर्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस