भीम रावलले टिकट पाएनन्, अछाम-१ मा झपट बोहोरा

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । रावलको निर्वाचन क्षेत्र अछाम-१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।

अछाम-२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । बोगटीको नाम पनि एकल रुपमा सिफारिस भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिहे घरमा विजुली सर्ट भएर आगलागी : दुई जना घाइते, ६ लाखको क्षति

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका …

प्रतिकृया दिनुहॊस