अमलेखगन्जमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु, २० घाइते

काठमाडौं । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते छन् । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस खोलामा झरेको मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिँदैछ । थियो ।

बसमा ३५ देखि ४० जना यात्रु रहेको प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस