पहिराे जाँदा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

काठमाडाैँ । नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८: २० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै नारायणगढ-मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् ।

सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महावीर पुनले आत्मकथा बेचेर कमाए ५ करोड

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा‍. महावीर पुनले आत्मकथा बेचेर ५ करोड रुपैयाँ आर्जन …

प्रतिकृया दिनुहॊस