फाइल फाेटाे

भलिबल खेल हेर्न गएका दुई युवा तीन दिनपछि मृत फेला

काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिका-३, झिरुवासका दुई युवा बेपत्ता भएको तीन दिनपछि मृत अवस्थामा भेटिएका छन् । घरबाट भलिबल खेल हेर्न हिँडेका निस्दी-३, झिरुवास भलुवाका २१ वर्षीय वीरेन्द्र सोमैको पहिचान खुलेको छ भने अर्का एक युवाको बिहानसम्म पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निस्दी गाउँपालिका-४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै घर फर्किएका थिएनन् । उनको खोजी गर्दै जाँदा निस्दी ४, मित्यालकै काफल खोलामा विभत्स अवस्थामा भेटिएका थिए ।

अर्का युवाको शव भने निस्दी गाउँपालिका-५, गल्धाको ढुंगानाबेंसी नजिकै फेला परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार शरीरका अंगहरूसमेत छरपस्ट अवस्थामा भेटिएको छ । स्थानीयले हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस