तीन वैज्ञानिकलाई दिइयो रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौँ । रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । यस वर्ष अवार्ड अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीकी क्यारोलिन बर्टोजी, युनिभर्सिटी अफ कोपेनहेगन (डेनमार्क) का मोर्टेन मिल्डाल र स्क्रिप्स रिसर्च सेन्टर अमेरिकाका केके ब्यारी शार्पलेसलाई दिइएको छ । रसायनशास्त्रमा नोबेल पुरस्कार क्लिक रसायन विज्ञान र बायोर्थोगोनल रसायन विज्ञानको विकासको लागी सम्मानित गरिएको हो ।

त्यस्तै यस अघि २०२२ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको थियो । यो वर्ष क्वान्टम मेकानिक्सको क्षेत्रमा काम गरेको भन्दै तीन जना वैज्ञानिकलाई यो पुरस्कार प्रदान गरिएको थियो । फ्रान्सका वैज्ञानिक एलेन एस्पेक्ट, अमेरिकाका जोन एफ क्लाउजर र अस्ट्रियाका एन्टोन गेलिङ्गरलाई दिइएको थियो ।

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्ते पाबोलाई प्रदान गरिएको छ । ‘मानवको विकास’ सम्बन्धी उनको खोजका लागि उनलाई यो पुरस्कार दिइएको हो । पाबोले आधुनिक मानव र विलुप्त प्रजातिहरूको जीनोमहरू मिश्रित भएको देखाउन तुलना गरेका थिए ।

त्यस्तै साहित्यतर्फको नोबेल पुरस्कार भोलि अर्थात बिहीबार घोषणा हुँदैछ । त्यस्तै यस वर्षको नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ र अर्थशास्त्रको क्षेत्रमा पुरस्कार अक्टोबर १० मा घोषणा गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस