मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइयो विजया दशमी

काठमाडौं । दसैँको मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइएको छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै विजया दशमीमा टीका लगाएर मनाइन्छ ।

साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटलाई उत्तम साइत तोकेको थियो । घटस्थापनाका दिन दसैँ घर अथवा पूजा कोठामा स्थापना गरिएको दुर्गा भवानीलाई नौ दिनसम्म पूजा अर्चना गरेको जमराका साथै दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने गरी परिवारका सबै सदस्य एकै स्थानमा बसेर टीका लगाउने परम्परा छ ।

रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । दसैँंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशीर्वचन विशेष महत्व छ ।

दसैँ हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा छ । घरमा टीका लगाएपछि ससुराली, मामाघर या आफूभन्दा मान्यजनकोमा पुगेर टीका र आर्शीवाद थाप्न आज दिनभर निकै दौडधूप हुने गर्दछ । नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । तर, अरु भू-भागमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस