अमेरिका र दक्षिण कोरियाले पनि गरे क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौँ । उत्तर कोरियाको ’खतरनाक एवं लापर्बाह’ परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको सोलले बताएको छ । क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्रायद्वीप र जापानबीचको पूर्वी सागरमा प्रहार गरिएको थियो ।

प्योङयाङले सन् २०१७ यता पहिलोपटक जापानको आकाश हुँदै प्रशान्त महासागरमा मंगलबार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । जवाफमा अमेरिका, जापान र दक्षिण कोरियाले शक्ति प्रदर्शन गर्दै सैन्य अभ्यास गर्दै आएका छन् ।

बुधबार दक्षिण कोरिया र अमेरिकाले अमेरिकी सेनाले बनाएको रणनीतिक क्षेप्यास्त्र प्रणालीको एक जोडी क्षेप्यास्त्र प्रहार गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

काठमाडाैं । रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै …

प्रतिकृया दिनुहॊस