भारतले दक्षिण अफ्रिकालाई १६ रनले हरायो

काठमाडौं । भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै भारतले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । केएल राहुलले ५७, विराट कोहलीले ४९ र रोहित शर्माले ४३ रन बनाए ।

दक्षिण अफ्रिकाको प्रदर्शन पनि उत्कृष्ट थियो तर टोलीले जित भने हात पार्न सकेन । भारतले दिएको स्कोर पछ्याउँदै दक्षिण अफ्रिकाको टोलीले तीन विकेट गुमाएर २२१ रन मात्र जोड्न सक्यो ।

टेम्बा बाभुमा र रिले रुसो शून्यमा पेभिलियन फर्किए । मार्कराम पनि खास केही देखाउन सकेनन् र अक्षर पटेलको बलमा आउट भए । तर डेभिड मिलरले ४७ बलमा १०६ रन र क्विन्टन डी ककले ४८ बलमा ६९ रन बनाए पनि यी दुई खेलाडीको धुवाँदार इनिङ्सले पनि टोलीलाई जिताउन सकेन ।

यसअघि तिरुवनन्तपुरममा भएको पहिलो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल ४ अक्टोबरमा इन्दौरमा हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस