रियलमीले सार्वजनिक गर्यो रियलमी सी३३, मूल्य कति ?

काठमाडाैं । नेपालको प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिस बजेट सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण अनावरण गरेको छ।

यो स्मार्टफोनल बाउन्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्दछ।

लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड मुनिष गिरीले भने, ‘रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी१ सँगै प्रयोगकर्ताहरूको राम्रो प्रतिक्रिया पाउँदै आएको छ जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौँ।’

सी सिरिजको साथमा हामीले उचित मूल्यमा उच्च प्रविधि, पवोर र डिजाइनको आदर्श फ्युजनको स्मार्टफोनहरू उपलब्ध गराउने लक्ष्य राखेको उनले बताए। रियलमी सी३३ उपभोक्ताहरूलाई उत्कृष्ट स्मार्टफोनहरु प्रदान गर्ने कम्पनीको प्रयास भएको बताए।

रियलमी सी३३ मा रहेको पछाडिको केसमा माइक्रोन–स्तरको लिथोग्राफी प्रविधिबाट सिर्जना गरिएको रेखाहरुले विभिन्न कोणबाट हेर्दा विभिन्न भिजुअल इफेक्ट प्रदान गर्दछ। रियलमी सी३३ ले प्लास्टिकको सट्टा ब्याक केस डिजाइनको लागि पीसी/पीएमएमए दुवै सामग्रीहरू अपनाउँछ, जसले स्थायित्व सुनिश्चित गर्दै पारदर्शी दृश्य प्रभाव प्रदान गर्दछ । यस स्मार्टफोनमा प्रिमियम राइट–एंगल बेजेल र क्यामेरा बम्पको साथ युनि–कभर ब्याक कभर पनि राखिएको छ । यसको ८.३ एमएम अल्ट्रा स्लिम बडीले प्रयोगकर्तालाई हल्का र आरामदायी पकड प्रदान गर्दछ ।

५० एमपी एआई प्राइमरी क्यामेरा फिचर गर्ने यस स्मार्टफोनले मूल्य दायरामै उत्कृष्ट क्यामेरा प्रदान गर्दछ । प्रयोगकर्ताहरूले आफ्नो उपकरणमा ५० एमपी मोड सक्रिय गरेर क्रिस्पी डिटेलको साथ ब्लकबस्टर शटहरू लिन सक्नेछन् । यसबाहेक, यस स्मार्टफोनमा नाइट मोड, एचडीआर मोड, टाइमल्याप्स, पानोरामिक भ्यू मोडहरू पनि प्रदान गर्दछ जसले जीवनका सबै प्रकारका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न समर्थन गर्छ। रियलमी सी३३ मा भएको ६.५ इन्च (१६.५ सेमी) मिनी–ड्रप डिस्प्लेले फुल स्क्रिन अनुभव प्रदान गर्दछ ।

यसमा रहेको ५००० एमएएच ब्याट्रीको साथ स्ट्यान्डबाइमा ३७ दिनसम्म रहन सकिन्छ भने अल्ट्रा–सेभिङ मोडमा ५ प्रतिशत ब्याट्री ब्याकअपमा पनि १.८ घण्टासम्मको कलिङ टाइम प्रदान गर्दछ । छिटो र छरितो अनुभव प्रदान गर्ने युनिसोक टी६१२ प्रोसेसर, यूएफएस २.२ र एन्ड्रोइड १२ समावेश गरिएको यो सी सिरिजको पहिलो स्मार्टफोन हो। रियलमी सी३३ स्यान्डी गोल्ड र अक्वा ब्लु गरी दुई रोमाञ्चक रंगहरूमा उपलब्ध छ र दुई भण्डारण भेरियन्टहरू ३ प्लस ३२ जीबी र ४ प्लस ६४ जीबीमा उपलब्ध छ जसको मूल्य १६ हजार ४९९ रुपैयाँ र १८ हजार ४९९ रहेको छ । बजारमा यी स्मार्टफोनहरू मेनलाइन च्यानलहरू मार्फत देशभर उपलब्ध छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस