एनआईसी एसिया बैंकको छुट अफर : यी स्टोरमा पाइन्छ २० प्रतिशतसम्म छुट र क्यासब्याक

काठमाडाैं । नेपालीका ठूला चाडपर्वहरु नजिकिदै गर्दा बजारमा भीडभाड बढ्न थालेको छ। काठमाडौंका न्युरोड तथा असन बजारमा मात्र होइन, मुलुकभर सञ्चालनमा रहेका विभिन्न डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा किनमेल गर्ने ग्राहकको बाक्लो उपस्थिति छ ।

मुलुकभर सञ्चालनमा रहेका भाट–भटेनी, सेल्सबेरी, बिगमार्ट, साथीमार्टका सयौं शाखाहरुमा दशैंतिहारलाई चाहिने लत्ताकपडा, उपहार, घरायसी सामग्री छानिछानी किनिरहेका छन् । पछिल्लो समयमा यस्ता डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा सामान किन्ने नयाँ चलन विकास भइरहेको छ ।

ग्राहकको सजिलोको लागि डिपार्टमेन्ट स्टोर तथा मार्टहरुले पनि विभिन्न सुविधा उपलब्ध गराउन थालेका छन् । किनमेलको नयाँ शैलीको रुपमा विकास भइरहेको डिपार्टमेन्ट स्टोर र मार्टहरु बढेको कारोबारलाई ध्यानमा राखेर मुलुकको अग्रणी बैंक एन आई सी एशिया बैंकले पनि ग्राहकको चाहनामा आत्मसात् गरेको छ ।

बैंकले दशैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा यी डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा डिजिटल भुक्तानीलाई प्रवद्र्धत तथा सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ ।

डिपार्टमेन्ट स्टोरमा बढेको ग्राहकको आकर्षणलाई ध्यानमा राखेर डिजिटल भुक्तानी प्रवद्र्धन गर्न डिजिटल भुक्तानीमा विभिन्न सुविधा ल्याएको बैंकले जनाएको छ ।

‘हाम्रो बैंकको उद्देश्य डिजिटल भुक्तानीलाई हरेक क्षेत्रमा विस्तार गर्दै मुलुकभर प्रवद्र्धन गर्ने हो,’ एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने भने, ‘त्यही योजनाअनुसार महान चाडपर्वको अवसरमा हामीले विभिन्न स्टोरहरुमा छुट तथा क्यासब्याकको अफर ल्याएका छौं ।’

यी शाखाहरुबाट कारोबार गरेर धेरैभन्दा धेरै फाइदा उठान सकिने बैंकले जनाएको छ । एन आई सी एशिया बैंकले ल्याएको यस योजनाअनुसार भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखा)लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट पाउनसक्छु हुन्छ ।

यो योजना २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म लागू हुनेछ ।

भाट–भटेनी मुलुकभर फैलिएको मुलुककै सबैभन्दा पुरानो सुपरमार्केट हो । यस सुपरमार्केटमा आउने लाखौं ग्राहकलाई ध्यानमा राखेर यस सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त पाउनुहुने छ ।

त्यसैगरी, सेल्सबेरी, बिगमार्ट काठमाडौंलगायतका मुख्य सहरमा चलेको सुपरमार्केट हो । साथीमार्ट नयाँ मार्टका रुपमा मुलुकभर सयभन्दा धेरै शाखा तथा फ्रेन्चाइज विस्तार गरिसकेको छ ।

मुलुकमा सञ्चालनमा रहेको यी मुख्य सुपरमार्केट तथा स्टोरमा विभिन्न सामग्रीहरू खरिद गरी एन आई सी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओ तथा मोबाइल बैंकिङ एनआईसी एसिया बैकमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यासब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।

यस बैंकमा खाता नभएका ग्राहकले नेपालभर रहेका भाट–भटेनी सुपरमार्केटहरू, सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्नेछन्।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ एवं एपबाट सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन्।

बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट तथा साथीमार्टमा आफ्नो स्टल पनि राखेको छ । उक्त स्टलबाट ग्राहकले नयाँ खाता खोल्न तथा डिजिटल भुक्तानी सम्बन्धी विषयमा थप जानकारी पनि लिनसक्छन्।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको बैंक हो । २५ वर्षदेखि सञ्चालनमा रहेको यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू सञ्चालन गरिरहेको छ । साथै, ग्राहकको सुविधाको लागि भनेर ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सञ्चालन गरिरहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यूनरहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस