नेप्सेमा १५ अंकको वृद्धि

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर शेयर कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ । ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ ।

मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता शेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

६२० किमि रेन्ज दिने स्काइवेलको बिक्री सुरु, पहिलो दिनमै ९ जना ग्राहकलाई गाडी हस्तान्त्रण

काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्माईल प्रीमियम लक्जरी …

प्रतिकृया दिनुहॊस