घट्यो सुनचाँदीको मूल्य

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा खरिद-बिक्री भएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा १९.५६ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । …

प्रतिकृया दिनुहॊस