फेसबुकमा ‘अलबिदा’ लेखेका पत्रकार भेटिए

काठमाडौं । विदुर कटुवाल पेशाले पत्रकार हुन् । मंगलबार बिहान उनले फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएपछि उनका आफन्त र साथीभाइहरु आत्तिए ।

उनले सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै सम्पर्कविहीन भएपछि पत्रकार महासंघले उनको खोजीमा तीव्रता दिएसँगै उनी मकवानपुरमा फेला परेका हुन् । उनको खोजीमा महासंघसहित प्रहरीले पनि हाइ अलर्ट रहेर खोजी गरिरहेको थियो ।

पत्रकार महासङ्घका महासचिव रोशन पुरीकाअनुसार कटुवाललाई परिवारको जिम्मा लगाइएको छ । उनले फेसबुकमा ‘अलबिदा’ लेखेर मोबाइल अफ गरेपछि आफन्त, साथीभाई, उनको नजिकका संचारकर्मीहरुमा संसय पैदा भएको थियो । उनले के कारणले अलबिदा भनेर लेखेका थिए भन्ने कुरा अहिलेसमम खुलाइएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस