भिभोको दुई नयाँ स्मार्टफोन सार्वजनिक, मुल्य कति ?

काठमाडाैं । भिभोले लोकप्रिय वाई सिरिज अन्तर्गत दुई नयाँ मोडलहरू वाई२२एस र वाई१६ शुक्रबार नेपालमा सार्वजनिक गरेको छ। पर्याप्त स्टोरेज, सहज कार्य सम्पादन र उत्कृष्ट बनाबटका कारण आज सार्वजनिक भएका दुवै स्मार्टफोन नवीनता र डिजाइनमा केन्द्रीत ग्राहकहरूका लागि उपयुक्त स्मार्ट फोन हुने कम्पनीले बताएको छ।

भिभो नेपालका सिइओ माइकलले भने, ‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवाग्राहकहरूको हृदयमाएक विशेष स्थान बनाउन सफल भएको छ। प्रयोगकर्ताहरूले दिएको मायालाई कायम राख्न हामीले डिजाइन, कार्य सम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौं।’

स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाइ१६ र वाई२२एस ग्राहकहरूको व्यस्त समय तालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुने उनले बताए। वाई२२एसमा स्न्याप ड्रेगन ६८० प्रोसेसर, ६जीवी र्‍याम र १२८ जीवी रोम रहेको छ जसले प्रयोगकर्ताहरूले बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन सक्छन्।

विस्तारित र्‍याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १टेराबाईटसम्म मेमोरी कार्डको साहयताले एक्सटेन्ड गर्न मिल्छ। वाई२२एस एआईपावर–सेभिङ टेक्नोलोजीको साथ बजारमा उपलब्ध छ यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर चार्ज टिक्छ।

यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्युटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्बिरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ।

पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फीमोडसँग अप्टिमाइज गरिएको छ जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्बिररहरू खिच्न मद्दत गर्ने बताइएको छ। यस बाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन्।

जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन्। रातको समयमा पनि विस्तृत र जीवन्तत स्वीरहरू खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको कम्पनीको भनाइ छ। त्यस्तै, वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ। वाई१६को एपिअरेन्स आकर्षक रहेको छ।

यो स्मार्टफोन ४जीवी र्‍याम र ६४जीवी रोम भेरियन्टमा उपलब्ध छ। यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोरप्रोसेसरले सहजमल्टी–टास्किङ र अधिकतम कार्य क्षमता प्रदान गर्छ। वाई१६ माक्यामेरा सेटअपले अझ बढी आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपीएआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ।

वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमा २७ हजार ९९९ रुपैयाँ मूल्यमा मिनिमा लिस्टिक आउटलुकको साथ उपलब्ध छ। त्यस्तै वाई१६प्राकृतिक लुक–स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा १९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस