सूर्य नेपालले बजारमा ल्यायाे पुष्पाञ्जली प्रिमियम अगरबत्ती

काठमाडाैँ । सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङ गरिएको पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा खैरो रङका सुगन्धित काँटीहरू राखिएका छन् ।

अगरबत्तीको प्रतिप्याक बिक्री मूल्य १०० रूपैयाँ कायम गरिएको छ । अगरबत्तीमा फूलको थप सुगन्ध भएकाले हरेक शुभकार्यको निमित्त उपयुक्त हुने दाबी कम्पनीले गरेको छ । कम्पनीले प्रिमियम अगरबत्ती खोज्ने ग्राहकको मन जित्ने विश्वास राखेको छ ।

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, र त्रेया लगायतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध रहेको जानकारी पनि कम्पनीले दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस