नेपालगञ्जमा एनालग सिग्नल काटियाे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय कडारुपमा प्रस्तुत हुँदै

नेपालगञ्ज । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न यहि असार मसान्तसम्मको समय ताेकेकाे थियाे । अबदेखि चल्ने एनागल केबल टेलिभिजन अवैध ठहरिने सन्चार तथा सूचना प्रविधि मन्त्रालयले उल्लेख गरेकाे थियाे  ।  अब उपत्यका मात्रै हाेर्इन की बाहिरका शहरहरुमा पनि धमाधम डिजिटलाइज हुँदैछ  । यसैक्रममा नेपालगञ्जमा एनालग सिग्नल काटिएकाे छ । 

राजधानी काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएकाे छ । यसबाट सरकार कडारुपमा प्रस्तुत भएकाे देखिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ । सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले वताए  । उनले भने, “एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो” साथै “अब चल्ने एनालग केवल टेलिभिजन अवैध ठहरिनेछ ।”

नेपालगञ्जमा सेवा दिइरहेका केवल टेलिभिजनले भारतीय डिटीएचबाट गैरकानूनीरुपमा सिग्नल लिएर वितरण गरिरहेको पाइएको वतार्इएकाे छ । नेपालमा भन्दा सस्तो मूल्यमा पाइने भारतीय डिटीएच गैरकानूनीरुपमा केवल टेलिभिजनले नै प्रयोग गरिरहेको पाइएको छ । टोलीले नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजनमा गरेको अनुगमनका क्रममा भारतीय डिटीएचसमेत हटाएको छ । विदेशी डिटीएचको आयात, बिक्री, वितरण र प्रयोगमा सरकारले रोक लगाए पनि तराईका जिल्लामा यसको प्रयोग बढ्दो क्रममा रहेको देखिएकाे छ ।

टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले नेपालको पूर्वी क्षेत्रबाट एनालग केबल टेलिभिजन बन्द गर्न सुरु गरेको थियाे ।पूर्णरुपमा डिजिटाइजेशन सकिएपछि केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसबाट सरकारको राजस्वमा पनि भारी वृद्धि हुने अपेक्षा सरकारले गरेकाे छ। डिजिटल प्रविधिको टिभीले गुणस्तरीय अडियो र भिडियो सम्प्रेषण गर्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस