ओलीको शीतल छहारी पाउने आशमा एमाले प्रवेश गरें : सर्वेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । बिहीबार आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए ।

आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताए । देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्व महानिरीक्षक खनालले बताए ।

विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूणर् राजनीतिमा ल्याएको बताए । साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उनले बताए ।

खनाल जसपा सांसद सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएका थिए । जनकपुरबाट यादवलाई खनाल, महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडौंको मेरियट होटलमा राखेको जसपाले आरोप लगाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस