भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौँ । भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ ।

उनलाई अगस्त १० गते हृदयघात भएको थियो । त्यसयता उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । लामो समय भेन्टिलेटरमा रहेपछि २१ सेप्टेम्बरमा उनको निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।

तर, उनको स्वास्थ्यमा खासै सुधार आएको थिएन । भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवको बुधबार निधन भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस