ज्योति विकास बैंकका नयाँ शाखा जनकपुर र गोलबजारमा

काठमाडौं । ज्योति विकास बैंकले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  जनकपुर उप—महानगरपालिका वडा नं ९, जनकपुर, धनुषामा रहेको नयाँ शाखाको औपचारिक उद्घाटन जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य  तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

यसैगरी,  गोलबजार नगरपालिका वडा नं ६, गोलबजार, सिरहामा रहेको  शाखाको उद्घाटन  गोलबजार नगरपालिकाका मेयर देबनाथ शाहतथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा १९.५६ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । …

प्रतिकृया दिनुहॊस