दिमाग तेजिलो बनाउने उपाय

ध्यान गर्ने
ध्यानले तपाईको दिमाग वास्तविकता भन्दा साढे सात वर्ष कलिलो बनाउँछ । तसर्थ ५० वा सो भन्दा माथि उमेरका मानिसले नियमित ध्यान गर्नुपर्छ । ध्यानले दिमागका नयाँ कोष उत्पन्न गर्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।

पर्याप्त निन्द्रा
दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दैनिक ७ घन्टा निन्द्राको आवश्यक पर्छ ।

हिंडडुल गर्ने
हिंडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने भएकोले नियमित हिड्ने बानी बसाउनुपर्छ । जति हिडडुल गर्न सक्यो त्यति नै स्मरण शक्तिका लागि सहयोग पुग्छ ।

चिया वा कफी
ठिक्क मात्रामा नियमित बिहानको चिया वा कफीले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्वपूर्ण मानिन्छ ।

खेल खेल्ने
खेल खेल्दा दिमाग सक्रिय हुन्छ । शारीरिक रुपमा बाहिर जान समय नभएमा कम्प्युटरमा नै चेस, पजल तथा अन्य खेल्दा दिमाग तेजिलो हुन्छ । किनकी खेलले दिमागको व्यायाम गराउँछ ।

संगीत
स्मरण शक्ति बढाउन संगीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ ।

पढेको कुरालाई महसुस गर्ने
पढेको कुरालाई मष्तिष्कमा एक तस्बिर बनाउने प्रयास गर्नुपर्छ । यसबाट लामो समयसम्म याद राख्न सकिन्छ । पढिरहेको बेलामा तपाईँ ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस, त्यो कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योगाभ्यास तथा मनोसामाजिक परामर्श

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको छ । …

प्रतिकृया दिनुहॊस