बाबुराम निवासमा प्रचण्डको डिनर मिटिङ (तस्बिरहरू)

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ टोखास्थित भट्टराईको निवासमा अध्यक्षद्वयबीच भेटवार्ता भएको हो ।

‘ऐतिहासिक जनयुद्धका उपलब्धि संस्थागत हुनुसट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउॅदै गइरहेको सन्दर्भमा क प्रचण्डसँग गम्भीर वैचारिक-राजनीतिक छलफल! जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइशौं शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड!‘, ट्विटरमा उनले लेखेका छन्।

आगामी निर्वाचनमा गोरखा- २ बाट उम्मेदवार बन्न लागेका भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हथौडाबाट प्रतिस्पर्धी बन्दैछन् । चुनावपछि दुई पार्टीबीच एकताको सम्भावना पनि बढ्दै गएका छन् । अध्यक्ष प्रचण्ड भट्टराई निवासमा साँझ डिनरका लागि पुगेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस